Click Here to Download


नियमित पाक्षिक रेडियो कार्यक्रम लहर निकास’ (ICTJ \ EAN-DBI) # 49

प्रस्तोता : प्रोड्युसर (उपेन्द्र अर्याल र दीपक ढकाल) 

Program Content: सङ्क्रमणकालीन न्यायिक आयोगहरुको थप एकवर्ष र ऐन संशोधन गरी थपिएको समयावधिसँगै चारौं वर्षको आरम्भमा नेपालको करिव एक दशक लामो सशस्त्र द्वन्द्वकालीन मानवाधिकार सम्बन्धी जघन्य उल्लङघनविरुद्ध सङ्क्रमणकालीन न्याय सन्दर्भः

सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ)  को सहकार्यमा इक्वेल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ४९औं अंक रेडियो नेपालबाट यहि २०७४ साल चैत्र ३ गते शनीवार अर्थात मार्च १७, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ । गत फागुन २७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाई भन्दा बढी प्रतिनिधि–सभा सदस्यहरुको सर्मथनमा विश्वासको मत आर्जन गरिसकेपछि राजनीतिक परिदृश्यवली बढी स्थिर भएको महसुस गरिएकोछ ।

नेकपा (माओबादी केन्द्र) र नेकपा (एमाले)को कार्यगत एकतापछि प्रदेश–सभा र प्रतिनिधि–सभामा दुई तिहाई भन्दा बढीको बाहुल्यतापछि यी पार्टीहरुको राजनीतिक एकताको सिलसिला अभ्यास पनि सँगसँगै बढेको र राजनीतिक पदिय बाँढफाँढ पनि संयुक्त रुपमा भैरहेकोछ ।

यस नयाँ बिकास सँग–सँगै नेपालको सशस्त्रद्वन्द्व सम्बद्ध सङ्क्रणकालीन न्यायमा पर्न सक्ने अन्तरसम्बन्धलाई नियाल्ने गरि केहि संबाद गर्नेछौ ।

कार्यक्रमले समेटेका चुरो सवाल÷जिज्ञासाहरुः 

१) सङ्क्रमणकालीन न्याय र बर्तमानमा विकसित राजनीतिक घटनाक्रमको अन्र्तसम्वन्धमा विश्लेषण के हुन्छ ?

२) आयोगहरुले ३ वर्षमा गरेकोकार्यलाई कसरी मुल्याङ्कन गर्नसकिन्छ ?

३) आयोगहरुका पदाधिकारीको दक्षता र क्षमतामा केही प्रश्न चिन्न हो ?

४) नयाँ बनेको मुलुकी ऐन र सङ्क्रमणकालीन न्यायकामा केही अन्र्तसम्वन्ध छ?

५) सशस्त्र द्वन्द्वकालका कही चर्चीत घटनामा समेत आयोगले केही निणर्य र सिफारिस गर्न नसक्नुको कारण के होला?

६) दुवै आयोगमा दर्ता भएका सबै मामलाहरुलाई एक– एक गरि निर्णय गर्नुपर्छ कि त्यसको अर्को कुनै मार्गचित्र हुनसक्छ?

७) आयोगले गरेको १ हजार ४ सय मामलाहरुको अनुसन्धान हरेक  मुकाम कार्यालय मार्फत हो कि सबै कार्यालयमा गरि गरिएको हो?

८) यी सबै उजुरीहरुको परिमाण हेर्दा आउँदो एकवर्ष समयकाल कत्तिको पर्याप्त छ ?

९) तात्कालिन मानवाधिकार उल्लङघनका ८ वटा तोकिएका सवालहरुमा ६५ हजार भन्दा बढी उजुरीहरुको अभिलेख संग्रहित भएको सत्य निरुपण तथा मेलमिलाप आयोगको मुकाम कार्यालयले गरेको अनुसन्धानको हालको अवस्था कस्तो छ ?

सवाल सम्बोधनार्थ समेटिएका अन्तर्बस्तु तथा सामग्रीहरुः

१.जनआवाज

निकास कार्यक्रमको लहरको आजको प्रस्तुतिमा हामी राजधानीमा भएको एक कार्यक्रममा पाल्नु भएका केही मानवाधिकार र यस सम्बन्धी सवाललाई निकटबाट  नियाल्नुभएका केही व्यक्तित्वहरुको विचार र केही सशस्त्र द्वन्द्व पीडितका उद्गार अभिव्यक्तिहरु–

१.रेडियो सामग्री

दुई ठूलाबामपन्थी शक्तिहरुबिचको पार्टीएकता प्रयास र सत्तारोहणले सशस्त्रद्वन्द्व सम्बद्ध सङ्क्रमणकालीन न्यायमा पार्ने प्रभाव र सशस्त्रद्वन्द्वकालीन समयमा हिंसा र पीडमा परेकाहरुकालागि सङ्क्रमणकालीन न्याय दिलाउने उद्देश्यले स्थापित संयन्त्रहरु–सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका ब्यक्तिहरुको छानबिन आयोगहरुसम्बन्धी ऐन, संसोधन भई लागू भैसकेको अवस्थामा सङ्क्रमणकालीन न्याय र आयोगहरुको प्रभावकारिताकाबारेमा विभिन्न  व्यक्तित्वसँगको कुराकानी–

श्रोत ब्याक्तिहरु÷विज्ञ विषेषज्ञ

१) सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष – सूर्यकिरण गुरुङ्ग

२) वरिष्ट अधिवक्ता एवं राष्ट्रिय–सभाका सदस्य – राधेश्याम अधिकारी

निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३. हिमाल ९०.२ एफएम सोलखुम्बुबाट हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।

धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट