Click Here to Download


नियमित पाक्षिक रेडियो कार्यक्रम लहर निकास’ निकास ICTJ \ EAN-DBI)  # 52

 

प्रस्तोता/प्रोड्युसर (उपेन्द्र अर्याल र दीपक ढकाल)

Program Content: नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले ११ बैशाख, २०७५ मा राष्ट्रपतिसमक्ष सिफारिस भई राष्ट्रपतिबाट सोको करिव दुई दिनपछी बैशाख १३ गते जारीभएको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ को पहिलो संशोधन अध्यादेश र सशस्त्र द्वन्द्वपीडित उत्तरजीवी महिलाहरुसबद्ध सवाल–

सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको  ५२औं अंक रेडियो नेपालबाट यहि २०७५ साल बैशाख १५ गते शनीवार अर्थात अप्रील  २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ ।

कार्यक्रमले समेटेका चुरो सवाल/जिज्ञासाहरुः

रेडियो लहर ‘निकास’को नयाँ शृङ्खलामा हामी सशस्त्र द्वन्द्वपीडित महिलाहरुले आफ्नो उत्तरजीवीकालमा भोग्नुपरेको कानुनी र समाजिक चुनौतीबारेमा अधिवक्ता एवं मानवअधिकारकर्मी मन्दिरा शर्माको विश्लेषणात्मक टिप्पणी र यही बैशाख १३ गते राष्ट्रपतिबाट जारी भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ को पहिलो संशोधन अध्यादेशका सम्वन्धमा एम्नेस्टी इन्टरनेसलन, नेपालका निर्देशकसँगको कुराकानी पनि समेट्नेछौं ।

१.जनआवाज

निकास कार्यक्रमको लहरको आजको प्रस्तुतिमा हामी नेपालगगञ्जकी सुधा चौधरी र यौन हिंसा  पीडित एक जना महिलाको अभिव्यक्ति

श्रोत ब्याक्ति/विज्ञ विषेषज्ञ

मानवअधिकारकर्मी तथा अधिवक्ता मन्दिरा शर्मा

१)      नेपालको संक्रमणकालीन न्यायको सन्दर्भमा विश्वव्यापी मानवअधिकारको जघन्य उल्लँधनको दृष्ट्रिकोणबाट महिलामाथिको यौन दुब्र्यवहार र दुराचार सम्वन्धमा बिद्यमान प्रावधानबारे यहाँको विश्लेषण

निराजन थपलिया निर्देशक, एम्नेस्टी इन्टरनेसन नेपाल

१) वैशाख ११, २०७५ गतेको मन्त्रिपरिषद् बैठकले बेपत्ता व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश जारीगर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकोमा यसलाई आमनागरिकले बुझ्नेगरी ब्याख्या गरिदिनुस् न <

निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट

हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।

धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट