Click Here to Download


नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ (ICTJ \ DBI \EAN-)  # 56

प्रस्तोता/प्रोड्युसर (उपेन्द्र अर्याल र दीपक ढकाल)

Program Content: सशस्त्र द्वन्द्वपीडित/उत्तरजीबीहरुकालागि संक्रमणकालीन न्यायनिरुपणकोसन्दर्भमा पछिल्लो अध्यायकोरुपमा चर्चित र सरोकारी समूहलाई असार ७, २०७५मा उपलव्ध गराइएको प्रस्तावित ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ लाई संशोधन गर्नेगरी ‘संक्रमणकालीन न्यायको सम्बन्धमा व्यवस्था गर्नबनेको ऐन,२०७५’ ऐन संशोधन मस्यौदामा अन्तर्निहित अन्तर्य केन्द्रित-

सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ५६औं  अंक रेडियो नेपालबाट यहि २०७५ साल असार १६ गते शनीवार अर्थात जुन ३०, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ ।

कार्यक्रमले समेटेका चुरो सवाल/जिज्ञासाहरुः

रेडियो लहर ‘निकास’को आजको नयाँ खण्डमा करिव ३ वर्ष अघिदेखि बरोबर चर्चामा रहेको, बिद्यमान ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ लाई संशोधन गर्नेगरी सोको सट्टामा‘संक्रमणकालीन न्यायको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,२०७५’ को बिधेयक खाका मस्यौदालाई करिव एकसाता सरकारले परामर्शमा ल्याएको सन्दर्भमा यही प्रारुप दस्तावेजमाथि प्रकाश पार्ने प्रयास गछौं ।

नेपाल सरकारले सरोकारी समूहलाई उपलव्ध गराएको २४ पाता आकारको प्रस्तावित पहिलेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ को सट्टा ’संङ्क्रमणकालीन न्यायकोसम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५’ नामक यस प्रस्तावित मस्यौदामा समेटिएका अन्तर्वस्तु र अन्तर्यकाबारेमा हामीले संक्रमणकालीन न्याय एवं मानवाधिकार ऐनकानुनका जानकार अधिवक्ता मन्दिरा शर्मासँग कुराकानी गरेकाछौं ।

दीर्घ एवं बहु–प्रतिक्षित ऐनकाबारेमा नेपाल सरकारका महान्यायाधिवक्ता अग्नि खरेलले  ऐन संशोधनकोसवालककाबारेमा  यही असार ११ गते  बीबीसी नेपालीसेवासँग भएको अन्तक्र्रियाको रेकड-

र गङ्गामाया अधिकारीको यो मागको सवालककाबारेमा न्याय, कानुन र संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बीबीसी नेपाली सेवासँग भएको संवाद पनि समेटेकाछौं ।

सवाल सम्बोधनार्थ समेटिएका अन्र्तबस्तु तथा सामग्रीहरुः

१.जनआवाज

निकास कार्यक्रमको लहरको आजको खण्डमा कैलालीकी द्वन्द्वपीडित हीरा भण्डारीको गिती उद्गार

श्रोत ब्याक्ति विज्ञ विषेषज्ञ:

अधिवक्ता मन्दिरा शर्मा (९८५१०४८४७५)

निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।


१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट

हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMSमार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।

धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट