Work with us

 

पत्रकार फेलोशिप कार्यक्रम

देशको १६ जिल्लाहरू (रोल्पा, कपिलवस्तु, बाँके, दैलेख, जाजरकोट, सल्यान, सूर्खेत, रुकुम–पूर्व, रुकुम–पश्चिम, अछाम, बझाङ, बाजुरा, बैतडी, डोटी, रसुवा र गोरखा)का न्यूनतम ४–६ वर्षकोे अनुभवी मिड–करिएर पत्रकारहरूबाट पत्रकारिता फेलोसिपमा क्षमता–बृद्धि आधारित सहभागिताका लागि आवेदन आह्वान गरिएकोछ ।

नेपालमा महिला र बालबालिकामा रहेको कुपोषणको व्यापक समस्यालार्ई मुलधारका पत्र–पत्रिका माध्यमबाट उजागर गर्ने उद्देश्यले सो फेलोशिपको डिजाइन गरिएको हो । पोषणको बारेमा बढ्दो समाचारहरूले पाठकहरूलाई कुपोषणको बारेमा थप सचेतना मात्रै नभई सूचित सामूहिक कार्यहरू पनि गर्न सक्षम बनाउँछ भन्ने परिकल्पना गरिएको हो । छनोट भएका पत्रकारले २०२२ डिसेम्बरको अन्त्यमा दुई दिने तालिममा सहभागी हुनुपर्नेछ । तालिममा सहभागी भएपछि पत्रकारले आफ्नो जिल्लाको कुपोषणसम्बन्धी कथा र लेख संरचना गर्नुपर्नेछ ।

छनोट भएका पत्रकारहरूलाई फेलोसिप कार्यक्रमका लागि प्रचलित करसहीत रुपैयाँ ४०,००० (चालीस हजारमात्र) उपलब्ध गराइनेछ र एकजना मेन्टरबाट पनि मार्गदर्शन गरिनेछ ।

पत्रकार फेलोशिप कार्यक्रममा भाग लिन सञ्चार संस्थामा आबद्ध हुनुपर्छ । उपरोक्त जिल्लाहरुका इच्छुक पत्रकारहरूले आफ्नो बायोडाटा र २ जना सिफारिस गर्ने सम्बद्घ व्यक्तिहरुको विवरणसहित २० डिसेम्बर २०२२ सम्ममा आफ्नो आवेदन बुझाउनुपर्छ । सीमान्तकृत समूहका पत्रकारहरू र महिला पत्रकारहरूलाई आवेदन दिन प्रोत्साहन गरिन्छ ।

यहाँ आवेदन दिनुहोस्

https://bit.ly/3iLlrqN