Work with us

रेडियो संवाददाताको निम्ति आवेदन आव्हान

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगको सहयोगमा सञ्चालित सुआहारा २ कार्यक्रम १००० दिन अर्थात गर्भधारणदेखी बच्चा २ बर्ष नपुगुन्जेलसम्मका आमा तथा बच्चाको स्वास्थ्य तथा पोषणको स्थिति सुधार गर्न प्रतिबद्ध बहुक्षेत्रीय कार्यक्रम हो । यसै कार्यक्रमअन्तर्गत २०७४ साउनदेखि भन्छिन् आमा रेडियो कार्यक्रमका नयाँ श्रंखलाहरु उत्पादन गरी सुआहारा कार्यक्रम लागु भइरहेका ४० जिल्लाहरुबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रम उत्पादनमा स्थलगत सामग्रीहरु सँकलन गर्नका लागी निम्न ४० जिल्लाहरुबाट सोही जिल्लामा बसेर आंशिक रुपमा (Part time ) काम गर्न इच्छुक रेडियो संवाददाताहरु आवश्यक भएकोले योग्यता पुगेका रेडियो संवाददाताहरुबाट आवेदन आव्हान गरिएको छः

ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, सोलुखुम्बु, दोलखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा,गोर्खा, लमजुङ, स्याङजा, बाग्लुङ, म्याग्दी, अर्घाखाँची, गुल्मी, पाल्पा, दाङ,  प्युठान, रोल्पा, रुकुम, सल्यान, बाँके, बर्दिया, दैलेख,  जाजरकोट, सुर्खेत, अछाम, डोटी, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा, दार्चुला, कैलाली, कंचनपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु ।

योग्यता तथा अनुभवः

रेडियो कार्यक्रम उत्पादक/संवाददाताको रुपमा काम गरेको अनुभव भएको, अडियो रेकर्डिङ उपकरण चलाउन सक्ने, Cool Edit/Adobe Audition जस्ता अडियो सफ्टवेयरहरु चलाउन जान्ने, जिल्लाभित्र रिपोर्टिङका क्रममा यात्रा गर्न उत्सुक हुनपर्नेछ ।

स्वास्थ्य तथा पोषण एवं १००० दिनको सवालमा रिर्पोटिङ गरेको अनुभव एवं आफ्नै रेकर्डिङ उपकरण भएकोलाई विशेष ग्राह्यता दिइनेछ ।

इच्छुक रेडियो संवाददाताले यो लिंकबाट https://goo.gl/forms/N0QS5rW28ZyxausY2 आवेदन फारम भरी मिति २०७४ असार ८ गते बिहीबार सम्ममा पठाइसक्नुपर्नेछ । यो आवेदनबाट छनौट भएका रिपोर्टरहरुलाई असारको उत्तरार्धमा हुने ४ दिने आवासीय क्षमता अभिबृद्दि तालिममा सहभागी हुने अवसर दिइनेछ ।

 


भन्छिन् आमाहेल्लो भन्छिन् आमा रेडियो कार्यक्रम प्रसारणका लागि स्थानीय एफएमहरुबाट प्रस्ताव आह्वान

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगको सहयोगमा  सञ्चालित सुआहारा २ कार्यक्रम १००० दिन अर्थात गर्भधारणदेखि बच्चा २ वर्ष नपुगुन्जेलसम्मका आमा तथा बच्चाको स्वास्थ्य तथा पोषणको स्थिति सुधार गर्नका लागि प्रतिवद्ध बहुक्षेत्रीय कार्यक्रम हो । भन्छिन् आमा रेडियो कार्यक्रम (रेडियो म्यागेजिन) र स्रोता प्रतिक्रियामा आधारित हेल्लो भन्छिन् आमा रेडियो कार्यक्रम (कल-इन शो) सुआहारा २ कार्यक्रमको सामाजिक तथा व्यवहारिक परिवर्तन सञ्चारका मुख्य मञ्च र माध्यम हुन् । २०७४ साउनदेखि नयाँ श्रृङ्खला प्रसारणको लागि सुआहारा कार्यक्रम लागु भइरहेका निम्न जिल्लाहरुबाट प्रसारण भइरहेका एफएम स्टेशनहरुबाट प्रस्ताव आह्वान गरिएको छः

ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, सोलुखुम्बु, दोलखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा,गोर्खा, लमजुङ, स्याङजा, बाग्लुङ, म्याग्दी, अर्घाखाँची, गुल्मी, पाल्पा, दाङ,  प्युठान, रोल्पा,   रुकुम, सल्यान, बाँके, बर्दिया, दैलेख,  जाजरकोट, सुर्खेत, अछाम, डोटी, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा, दार्चुला, कैलाली, कंचनपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु ।

इच्छुक रेडियो स्टेशनले यो लिङ्कबाट https://goo.gl/forms/lW7O59XJzAdugKPu1आवेदन फारम भरी मिति २०७४ असार २ गतेभित्र पठाउनुपर्नेछ ।