Click Here to Download(RNE)


रेडियो कार्यक्रम ‘सञ्चो–बिसञ्चो’को आजको यस तेश्रो खण्डमा ‘कालाजार’ रोगका बारेमा छलफल गर्नेछौं ।

‘कालाजार’ भनेको के हो, यो कसरी लाग्छ र नेपालमा यसको अवस्थाकाबारेमा आज हामीले जान्नेछौं । यसका साथै नेपालमा COVID-19  कोविरुद्धको खोप व्यवस्थापन र वितरण तयारीकाबारेमा आज हामीले चर्चा गर्नेछौं ।

यसभित्र आज हामी मानेभञ्ज्याङ्गको कथा ‘उज्यालो किरण’ सुन्नेछौं, जहाँ सबीन, तारा लगायत मानेभञ्ज्याङ्गका अध्यक्ष र उपाध्यक्षहरुले आफ्ना गाउँमा कालाजारका केस भेटिएका र त्यसबारेमा अब के गर्ने भन्ने सम्बन्धमा छलफल गर्नेछन् । त्यसैगरी नेपालमा  COVID-19 को विरुद्धको खोप व्यवस्थापन र वितरण तयारीका बारेमा खोप व्यवस्थापनसम्बन्धी अति अनुभवी जनस्वास्थ्य चिकित्सक विशेषज्ञ डाक्टर श्यामराज उप्रेतीबाट महत्वपूर्ण जानकारी पनि थाहा पाउनेछौं ।


Click Here to Download(KFM)


Click Here to Download(FM)