Click Here to Download



नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ (ICTJ \ EAN-DBI) # 48

Program Content: दुई ठूलाबामपन्थी शक्तिहरुबिचको पार्टीएकता प्रयास र पछिल्लो सत्ता समिकरण सहितकासत्तारोहणले सशस्त्रद्वन्द्व संम्बद सङ्क्रमणकालीन न्यायमा पार्ने समकालीक प्रभावः

सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वेल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ४८औं अंक रेडियो नेपालबाट यहि २०७४ साल फाल्गुण १९ गते शनीवार अर्थात मार्च ३, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ । निकासको यो खण्डमा गत असोज १७ गते नेपालका दुई मुख्य बामपन्थी दलहरुबिच एकता सम्झौतापछि गत मंसिरमा भएको संघिय र प्रादेशिक निर्वाचनमा संयुक्तरुपमा भाग लिएका थिए । यस एकता सँगै दुईदलले संघिय र प्रादेशिक संसदमा स्पस्ट बहुमतका साथ नयाँ सरकारको अर्थात् नयाँ मन्त्रीपरिषद्को प्रारम्भिक गठन गरेका छन् । र यसै बिच अर्को एक महत्वपूर्ण संघिय समाजबादी फोरमसँग पनि सत्ता एकताको प्रयास भएको पाइन्छ । यसरी प्रशस्त दलहरु बिच भएको विगतको सत्ता समिकरणसँग दाँजेर हेर्दा नेपालमा अहिले राष्ट्रिय दलहरुको संख्या कम भएको र सत्ता सामिकरणमा ध्रविकरणभएको महसुस गर्न सकिन्छ ।

यसनयाँ बिकास सँग–सँगै नेपालको सशस्त्रद्वन्द्व सम्बद्ध सङ्क्रणकालीन न्यायमा पर्न सक्ने अन्तरसम्बन्धलाई नियाल्ने गरि केहि संबाद गर्नेछौ ।

कार्यक्रमले समेटेका चुरो सवालहरुः

१) दुई ठूलाबामपन्थी शक्तिहरुबिचको पार्टीएकता प्रयास र पछिल्लो सत्ता समिकरण सहितकासत्तारोहणले सशस्त्रद्वन्द्व संम्बद सङ्क्रमणकालीन न्यायमा कस्तो प्रभाव पर्ला

२) सङ्क्रमणकालीन न्याय आयोगहरु आउदो एकवर्ष कसरी रचनात्मक र उत्पादनशिल हुनसक्छन्

सवाल सम्बोधनार्थ समेटिएका अन्तर्बस्तु तथा सामग्रीहरुः

१.जनआवाज

निकास कार्यक्रमको लहरको आजको प्रस्तुतीमा हामी एम्नेष्टि इन्टरनेशनलको कार्यक्रमा आउनु भएका केहि सशस्त्रद्वन्द्व संबन्धि जानकारहरु सँग गरिएको संबाद र गीति उद्गार पनि अभिब्यक्ति सुनाउछौ ।

१.रेडियो सामग्री

दुई ठूलाबामपन्थी शक्तिहरुबिचको पार्टीएकता प्रयास र पछिल्लो सत्ता समिकरण सहितकासत्तारोहणले सशस्त्रद्वन्द्व संम्बद सङ्क्रमणकालीन न्यायमा पार्ने समकालीक प्रभाव र सशस्त्रद्वन्द्वकालीन समयमा हिंसा र पीडमा परेकाहरुकालागि सङ्क्रमणकालीन न्याय दिलाउने उद्देश्यले स्थापित दुई संयन्त्रहरु–सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका ब्यक्तिहरुको छानबिन आयोगहरुसम्बन्धी ऐन, संसोधन भई लागू भैसकेको अवस्थामा सङ्क्रमणकालीन न्याय र आयोगहरुको प्रभावकारिताकाबारेमा विभिन्न व्यक्तित्वसँगको कुराकानी र उनीहरुको राय सुझावका साथै अबको संभावित मार्गचित्रका बारेमा गरिएको कुराकानी

श्रोत ब्याक्तिहरु÷विज्ञ विषेषज्ञ

१) पहिलो संविधान–सभाका सदस्य, शहिद प्रतिष्ठान नेपालका सल्लाहकार, राज्यद्धारा बेपत्ता योद्दा परिवार समाजका सल्लाहकार एवं वरिष्ट अधिवक्ता एकराज भण्डारी

निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।

धन्यवाद सहित
निकास रेडियो कार्यक्रमका तर्फबाट