Click Here to Download



नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ निकास ICTJ \ EAN-DBI) # 51

प्रस्तोता/प्रोड्युसर (उपेन्द्र अर्याल र दीपक ढकाल)

​​​Program Content: १६ चैत्र २०७४ मा सत्य निरुपण तथा मेलमिलाप अध्यादेश पारित भएपछिको सशस्त्रद्वन्द्वकालीन सवाल र सङ्क्रमणकालीन न्यायलाई रेडियो आमसंचारमार्फत सहजीकरणकालागि संवाद-
सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ५१औं अंक रेडियो नेपालबाट यहि २०७५ साल बैशाख १ गते शनीवार अर्थात अप्रील १४, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ ।

कार्यक्रमले समेटेका चुरो सवाल/जिज्ञासाहरुः

१६ चैत्र २०७४ मा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को अध्यादेश पारित भएपछिको सशस्त्रद्वन्द्वकालीन सवाल र सङ्क्रमणकालीन न्यायकाबारेमा मानवअधिकारकर्मी तथा अधिवक्ता मन्दिरा शर्मासँग गरिएको सम्बाद र साथमा सशस्त्रद्वन्द्व कालमा प्रत्यक्ष प्रभावित दुईजना व्यक्तिहरुको उद्गार अभिब्यक्ति र अनुभव पनि सुनाउँछौं ।

सवाल सम्बोधनार्थ समेटिएका अन्र्तबस्तु तथा सामग्रीहरुः

१.जनआवाज

निकास कार्यक्रमको लहरको आजको प्रस्तुतिमा हामी नेपालगगञ्जकी शान्ति ढकाल र यातना पीडित देव वहादुर महर्जन विचार ,अनुभव र अभिव्यक्तिहरु–

श्रोत ब्याक्ति/विज्ञ विषेषज्ञ

मानवअधिकारकर्मी तथा अधिवक्ता मन्दिरा शर्मा

१) चैत्र १६ गते संसदबाट सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को पहिलो संशोधन विधेयक समेटिएको अध्यादेश पारित भएकोछ यसमा तपाईंको टिप्पणी

२) अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार छ र महान्यायधिवक्ता यो सवालमा सक्रिय हुनुहुन्छ । तपाईंको विचार ?

३) संक्रमणकालीन न्यायीक आयोगहरुले गरेको तीन वर्षको कामको कसरी मुल्याङ्कन गर्नुहुन्छ ?

निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट

हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।

धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट