Click Here to Download



नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ (ICTJ \ DBI \EAN-) # 55

प्रस्तोता/प्रोड्युसर (उपेन्द्र अर्याल र दीपक ढकाल)

Program Content: आयोगहरुको स्थापनापछि चर्चामा रहेको ऐन संशोधनले अहिलेसम्म पनि मूर्तरुप लिई नसकेको अहिलेको अवस्था र सशस्त्र द्वन्द्वपीडित उत्तरजीबीहरुको यथोचित् न्यायका लागि माग गरिरहेको अवस्था र संक्रमणकालीन न्याय ब्यवस्थापनसम्बन्धी सवालः

सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ५५औं अंक रेडियो नेपालबाट यहि २०७५ साल असार २ गते शनीवार अर्थात जुन १६, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ ।

कार्यक्रमले समेटेका चुरो सवाल/जिज्ञासाहरुः

रेडियो लहर ‘निकास’को आजको नयाँ खण्डमा आयोगहरुको स्थापनाको लगत्तै चर्चामा रहेको ऐन संशोधनले अहिलेसम्म पनि मूर्तरुप लिई नसकेको अवस्था र सशस्त्र द्वन्द्वपीडित उत्तरजीबीहरुले यथोचित् न्यायका लागि उठिरहेको मागको बारेमा चर्चा गर्नेछौँ ।

आयोगहरुले सशस्त्र द्वन्द्वप्रभावितहरुका उजुरीहरु मनग्गे संख्यामा सङ्कलन गर्नसके पनि नेपालको संक्रमणकालीन न्याय सम्पादनका सवाल र सरोकारहरु जिउँदो जाग्दो छन् र यो न्याय सम्पादन रचनात्मक र प्रभावकारी हुनुपर्छ भनेर आशा गर्र्नु सकारात्मक स्वभाव हुन्छ । यही न्याय सम्पादन सम्बन्धी सवाललाई सहयोग पुगोस् भनेर र यस सवालको बिभिन्न आयामहरुमा जानकारी होस् भनेर राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण खनालसँगको कुराकानी पनि सुनाउछौँ ।

कार्यक्रम लहर ‘निकास’ले नेपालको संक्रमणकालीन न्याय रचनात्मक होस् भनी सकारात्मक सोचकासाथ कार्यक्रम प्रस्तुत गरिरहेकोछ ।सशस्त्र द्वन्द्वपीडितहरुका केहि सन्ताप आर्तनाद सुन्दा हामी सबैको मन चहरउछ । जस्तो कि सशस्त्र द्वन्द्वपीडित मध्येको एउटा उद्गार गोरखा जिल्ला फुजेलकी गंगामाया अधिकारीको यो उद्गार –

सवाल सम्बोधनार्थ समेटिएका अन्र्तबस्तु तथा सामग्रीहरुः

१.जनआवाज

निकास कार्यक्रमको लहरको आजको खण्डमा गोरखाकी गोरखा जिल्ला फुजेलकी गंगामाया अधिकारी

श्रोत ब्याक्ति विज्ञ विषेषज्ञ

पाध्यापक कृष्ण खनाल (९८४१२८५७८२)

बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक (९८५१०६६४४०)

निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।

१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट

हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।

धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट